पाँचथर । जिल्ला अस्पताल पाँचथरमा मंगलबारदेखि निशुल्क आँखा शिविर सूरु भएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा मेचि आँखा अस्पतालको सहकार्यमा पाँचथर क्लबको आयोजनामा सञ्चालन हुने गरी निशूल्क आँखा शिविर सुरु गरिएको हो ।
शिविरको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गरे । शिविरकाे उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्काेटा, पाँचथर उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे, जिल्ला स्थित राजनीतिक दलका नेता, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्याैपानले लगायतले मन्तव्य राखेका थिए ।
शिविर बिहिबार सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष निशान सिवाकोटीले बताए । शिविरमा मोतिबिन्दुका रोगीहरुको निशुल्क शल्यक्रिया, औषधि र आवश्यकता अनुसार चश्मा वितरण गरिने आयोजकले जनाएको छ । पहिलो दिन शिविरमा सेवा लिएका ५ सय २ जना बिरामी मध्ये ३१ जनाको शल्यक्रिया गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : १० पुस २०८०, मंगलबार ८ : २० बजे
प्रतिक्रिया