पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । पूर्वमन्त्री स्व. पद्म सुन्दर लाओतीको शालिक फिदिम वजार स्थित अस्पताल चोकमा सोमबार अनावरण गरिएको छ । प्रदेश प्रमुख माननीय पर्शुराम खापुङले एक कार्यक्रमका बीच स्व. लाओतीको शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रमलाई संबोधन गर्दै प्रदेश प्रमुख खापुङले अब्बल नेताको शालिक अनावरण गर्न पाउँदा गर्व महशुस भएको बताउनु भयो । “स्व. लाओती जिल्ला, पूर्वाञ्चल मात्र नभएर देशकै अब्बल नेता हुनुहुन्थ्यो”– उनले भने– “यस्ता महान नेताको शालिक अनावरण गर्न पाउँदा गर्व महशुस भएको छ ।” स्व. लाओती जनताको मतवाट स्थापित हुन चाहने दुर दृष्टि राख्ने नेता भएको उनले चर्चा गरे । रानीतिक पाटी होस् वा देशको नीतिगत विषयमा स्व. लाओतीले खुलेर आफ्नो धारणा राख्ने गरेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगू, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, पूर्व प्रदेश सांसद आरारत्न जवेगू, पूर्व सांसद शेरबहादुर इङनाम, संविभान सभा सदस्य अईन्द्रसुन्दर नेम्बाङ लगायतले स्व. लाओतीले विकास निर्माणमा पु¥र्याएको योगदानको चर्चा गरेका थिए । विकास निर्माणका क्षेत्रमा स्व. लाओतीको योगदान उल्लेखनीय रहेको बताउँदै वक्ताहरुले उनको योगदानको मूल्याङ्कन हुनु पर्ने र उनले देखाएको बाटोमा हिड्नु पर्ने धारणा राखे ।

स्व. लाओतीको जीवनीका बारेमा राप्रपाका नेता मानदेव केरुङले चर्चा गरेका थिए । कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै स्व. लाओतीका छोरा प्रा.डा. महेन्द्र लाओतीले आफुहरुको पिता दुरदर्शी नेता भएको बताए । मूख्यतः मेची राजमार्ग स्व. लाओतीकै सपना अनुरुप निर्माण भएको बताउँदै प्रा.डा. लाओतीले मेची राजमार्गले पूर्वी पहाडको जनजीवनमा धेरै परिवर्तन गरेको धारणा राखे ।

वि.स. १९९६ साउन ९ गते पाकिस्थानको बलचिस्थान प्रान्तमा जन्मिएका स्व. लावतीको बाल्यकाल मावली तेह्रथुमको जलजलेमा वितेको थियो । पाँचथरको यासोक थातथलो भएका स्व. लावतीको मृत्यू २०७२ साल जेठ २७ गते भएको थियो । झण्डै छ दशक लामो राजनीति जीवनमा स्व. लावतीले पटक-पटक सांसद र मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

शालिक निर्माण गर्न ९ लाख खर्च भएको शालिक निर्माण आर्थिक समितिका संयोजक होम कुमार लाओतीले बताए । सोही कार्यक्रममा रु १० लाखको स्व. पद्म सुन्दर लाओती प्रतिष्ठान कोष समेत घोषणा गरिएको छ । शालिक निर्माण तथा कोष स्थापना गर्न विभिन्न व्यक्ति तथा निकायहरुवाट आर्थिक सहयोग प्राप्त भएको संयोजक लाओतीले बताए ।

कार्यक्रममा शालिक निर्माण गर्न सहयोग पु¥याउने दाताहरु, यस अघि आहालगैरीमा स्थापना गरिएको शालिकको निर्माण समितिका सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने विभिन्न साँस्कृतिक झाँकी, नृत्य समेत प्रस्तुत गरिएको थियो । स्व. पद्म सुन्दर लाओती शालिक निर्माण समितिको अध्यक्ष विजय लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई लोकेन्द्र आले मगरले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ५६ बजे