पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । छैटौं संस्करणको सुम्हा?लुङ मिनि म्याराथन–२०८० को उपाधी नेपाल आर्मीका श्रीकास राईले हात पारेका छन् । फिदिम नगरपालिका ४ गढीमा आईतबार सम्पन्न प्रतियोगितामा निर्धारित साढे नौ किलोमिटरको दुरी २७ मिनेट ५६ सेकेण्डमा पार गर्दै राईले उपाधी हात पारेका हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी वलका निराजले भट्टले २८ मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै द्धितीय स्थान हाँसिल गरे भने सिन्धुपाल्चोकका राजेन्द्र तामाङले २८ मिनेट १४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तृतीय स्थान हासिल गरे ।
प्रतियोगिताको प्रथम स्थान हाँसिल गर्ने राईले ३० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका निराजले २० हजार र तेस्रो भएका राजेन्द्रले १० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

म्याराथनमा सहभागी पाँच जनालाई सान्तवना पुरस्कार प्रदान गरिएको छ । सान्तवाना पुरस्कार पाउनेमा फिदिमका प्रताप थाम्सुहाङ, दिपेश तामाङ, ताप्लेजुङका रमेश लिम्बू, भिया लिम्बू, इलामका सञ्जय राई र भोजपुरकी कम्पना राई रहेका छन् । उनीहरुले जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा महिला तर्फ भोजपुरका जुलिन राईले ३८ मिनेट १९ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हाँसिल गरिन । उनकै बहिनी जहि राईले ३८ मिनेट ४१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भईन् । भोजपुरकै बिनिता राईले ३९ मिनेट ११ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हाँसिल गरिन् । प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने प्रतियोगीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे । यसै गरी, भाेजपुरकै विनिता राइले ४२ मिनेट ०७ सेकेण्डमा दुरी पार गर्दै सान्तवना पुरस्कार हात पारिन् ।

सुम्हा?लुङ परिसरमा सम्पन्न म्याराथन समापन समारोहमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगरपालिका वडा नंं १ का वडाअध्यक्ष गजाधर भट्टराई, सशस्त्र प्रहरी वल हिमशिखर गुल्मका प्रहरी नायव उपरीक्षक हरि शर्मा, नेपाल पत्रकार महासंघ, पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले धावकहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

सुम्जिरी सुम्हा?लुङ आम्बेपज? संरक्षण एवं बिकास प्रतिष्ठानले लिम्बू जातिको मौलिक पर्व चासोक तङ्नामको अवसरमा फिदिम नगरपालिका ४ स्थित सुम्हात्लुङ मन्दिर परिसरमा चासोक मेला आयोजना गरेको छ । मेलाको अवसरमा मिनि म्याराथन प्रतियोगिता सम्पन्न गरिएको हो । म्याराथन दौडमा ३६ पुरुष र ६ जना महिला गरी जम्मा ४२ धावकले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ४९ बजे