पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । कुम्मायक गाउँपालिका १ का ८३ बर्षीय चन्द्रमान तामाङकाे हत्या गरेकाे आराेपमा आफ्नै छाेरा ४८ वर्षीय घनेन्द्र तामाङलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।

स्थानीयकाे सूचनाका आधारमा घटना लगत्तै आराेपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवस कुँवरले बताए । रकम लेनदेनकाे विषयमा विवाद भई छाेराले बुबालाई धकेल्दा भित्तामा ठोकिएर पीडितको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर कुँवरले जानकारी दिए ।

बृद्ध अवस्थाका बुबासँग अघिल्लो साँझ घनेन्द्र सहित अर्का छाेरा देबेन्द्र तामाङ समेतले पैसा माग्दै विवाद गरेकाे स्थानीयले बताए । पीडितकाे मृत्यू पश्चात उनका दुवै छोराहरुलाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पीडितको लास पोष्टमार्टका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : १५ बजे