पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । थ्रेसरले च्यापिएर झापामा बुधबार विहान एक व्यक्तिकाे मृत्यु भएको छ । मृत्यू हुनेमा झापा गाउँपालिका २ का ५७ वर्षीय नुनुवा टुडू रहेका छन् ।

आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका टुडूकाे च्यापिदा घटना स्थलमा नै मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । स्थानीयले सूचना दिएपछि घटना स्थल पुग्दा टुडूकाे लास मात्र भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ।

चन्द्रदेव राजवंशीको प्र १-०१-००१ त ८०९२ नम्बरको ट्रयाक्टरबाट टुडूले धानको कुन्यूमा थ्रेसर लगाएकाे स्थानीयले बताए। लासकाे पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे र घटना पछि फरार चालककाे खाेजी कार्य भइरेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ०३ बजे