पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका जिल्ला काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका ८ का ३१ वर्षीय उमेश लामालाई प्रहरीले गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित लामालाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा गिरफ्तार गरी अनुसन्धानतका लागि मंगलबार नेपाल ल्याइएको हो ।

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लामा विरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा मुद्दा दर्ता भएको थियो । घटनाको अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयवाट गत असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

आरोपित लामा विरुद्ध अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ३८ बजे