पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । फिदिम नगरपालिका ४ जोरसाल नजिकै मध्य पहाडी राजमार्गमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक जना कार्यकर्ताको निधन भएको छ ।

एमालेद्धारा फिदिममा आयोजित आमसभामा सहभागी भएर फर्कने क्रममा मे.१च ६००८ नम्बरको पिकअपबाट झरेर हिलिहाङ गाउँपालिका ५ सुभाङका ४८ वर्षीय प्रेम संग्रौलाको निधन भएको हो । एमाले झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत फिदिममा शनिबार आयोजना गरेको अन्मिम आमसभामा सहभागी हुन संग्रौला पनि आएका थिए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको आमसभा सकेर टिपरको डालोमा बसी घर फर्किदै गरेका संग्रौलाको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुंवरले बताए । गाडीबाट सडकमा झरेका संग्रौलाको घट्नास्थलमै निधन भएका प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

संग्राैलाकाे लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न चालक इलाम नगरपालिका-८ का देवेन्द्र भुजेललाई नियन्त्रणमा लिई घटनाकाे सम्वन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : १४ बजे