पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । यातायात बन्द गराएको आरोपमा पहिचान पक्षधरका नौ जना नेता तथा कार्यकर्तालाई प्रहरीले शनिबार झापा र सुनसरीवाट गिरफ्तार गरेको छ ।

प्रहरीले सुनसरीवाट पाँच र झापावाट चार जनालाई गिरफ्तार गरेको हो । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संषर्घ समितिको तर्फवाट पूर्व घोषित कार्यक्रम अनुसार बन्द सफल पार्न सडकमा निस्किएका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तार हुनेमा राष्ट्रीय जनमुक्ती पार्टी सुनसरीका सचिब तथा संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा सम्बद्ध युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह‍सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सहसचिव शम्भु राई रहेका छन्।

यसै गरी, झापाको कमल गाउँपालिका ३ केर्खावाट संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका ७ का लिम्बुवान कार्यकर्ता उदय शिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघीय लिम्बुवानका चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बू रहेका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न ति नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पहिचान पक्षधरले भने गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई विना सर्त रिहाई नगरिए थप आन्दोलन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ३६ बजे