पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । मङ्सीर १६ बाट बैतडिको झुलाघाटबाट सुरु भएको नेकपा(एमाले)को संकल्प यात्राको अन्तिम आमसभा आज पाँचथरको फिदिममा हुँदैछ । सभाको सम्पूर्ण तयारी पुरा भएको संविधान सभा सदस्य तथा नेकपा(एमाले)का केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङले जानकारी दिनुभएको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समुद्धिका लागि संकल्प यात्रा’ अन्तरगत आज फिदिममा वृहत आम सभाको तयारी पुरा भएको नेम्बाङ्को भनाई छ ।
एमाले कोशी प्रदेशका सचिव राजकुमार अनुसार स्वयमसेवकहरुले ३ दिन देखि आमसभाको तयारीका लागि परेका छन् । तेह्रथुमबाट पाँचथरमा आउदै गर्नुभएको अध्यक्ष केपी शर्मा ओलीलाई तेह्रथुम र पाँचथरको सिमानामा स्वागत गरिने भण्डारीले बताउनुभयो ।
अध्यक्ष ओली फिदिम आइपुगेपछि नेकपा एमालेले निर्माण गरेको आफ्नै नवनिर्मित भवनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यसपछि अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उहाँको भनाई छ । नगर परिक्रमाको समय १९ वटा बढी जात जातिको सांस्कृतिका झाँकी प्रस्तुत गरिने छ ।
२ बजे अध्यक्ष ओलीले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आमसभाका लागि ताप्लेजुङ, इलामा झापा तथा पाँचथरका गाउँ गाउँबाट नेता तथा कार्यकर्ता भेला भइरहेको भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा अध्यक्ष ओलीसहितका नेताहरुले धान नाच नाच्ने समेत कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ०२ बजे