पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । सुम्हा?लुङ मिनि म्याराथनको छैटौं संस्करण आगामि पौष ८ गते जिल्ला सदरमुकाम फिदिममा हुने भएको छ ।

सुम्जिरी सुम्हा?लुङ तथा आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले विहिबार पत्रकार सम्मेलन गरी म्याराथनको छैंटौ संस्करण बारे जानकारी दिएको हाे । म्याराथनको छैंटौ संस्करणमा विभिन्न जिल्लावाट कम्तिमा १ सय जना प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजले जनाएकाे छ । म्याराथनका विजेताले रु ३० हजार, उपविजेताले २० हजार र तृतीय स्थान हाँसिल गर्नेले १० हजार पुरस्कार पाउनेछन् । यसैगरी, प्रतियाेगितामा सहभागी हुने अन्य पाँच जनालाई सान्तवना पुरस्कार वापत जनही रु १ हजार प्रदान गरिनेछ । म्याराथनमा सहभागीले नौ किलोमिटर दुरी पार गर्नु पर्नेछ ।

लिम्बू समुदाययको चाड चासोक तङनामको अवसरमा फिदिम नगरपालिका ४ स्थित सुम्हा?लुङ परिसरमा पौष ७ देखि १६ गतेसम्म मेला समेत सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ । ऐतिहासिक तथा साँस्कृतिक स्थल सुम्हा?लुङको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्धन गर्न मेला सहित म्याराथुन आयोजना गरिएको फिदिम नगरपालिका ४ का वडा अध्यक्ष उपेन्द्र लावतीले बताए । कार्यक्रम सम्पन्न गर्न वडावाट रु १ लाख सहयोग उपलब्ध गराईने समेत उनले जानकारी दिए ।

मेलामा विभिन्न साँस्कृतिक, ऐतिहासिक सामग्रीहरुको प्रदर्शनी, विभन्न रमाइला खेलहरू सञ्चालन गरिनुका साथै साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने प्रष्ठिानका सचिव कमल लावतीले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : ४६ बजे