पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली माथि धनकुटाको महालक्ष्मी नगरपालिका ५ स्थित लेगुवामा विहिबार दुव्र्यवहार भएको छ ।

दार्चुलाको झुलाघाट देखि पाँचथरका चिवाभञ्ज्याङ सम्मको मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका एमाले अध्यक्ष ओलीमाथि स्थानीय महेश राईले हात हाल्ने प्रयास गर्दै दुव्र्यवहार गरेका हुन् । स्वागत गर्ने लाईनमा बसेका राईले ओलीलाई झम्टिएपछि प्रहरी र एमालेका कार्यकर्ताले रोकेका थिए । उनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपा एमालेले भने सामान्य घटना भइकाे जनाउँदै अनर्गल प्रचार नगर्न अनुराेध गरेकाे छ । “लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ”- एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा भनिएको छ- “तथ्य नबुझी अनर्गल प्रचार नगर्न अनुरोध गर्दछु ।”

प्रहरीले भने राईले ओली माथि हातपात गर्ने नियत भन्दा पनि मादक पदार्थ सेवन गरेकाले घटना भएको हुन सक्ने जनाएको छ । उनी माथि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ८ : १५ बजे