पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । पहिचान पक्षधर यूवाले पाँचथर जिल्लाको सदरमुकाम फिदिम वजारमा बुधबार मार्च पास गरेका छन् । प्रदेशको नाम कोशी खारेजीको माग गर्दै आएका पहिचान पक्षधरले आन्दोलनको क्रममा यूवाको मार्च पास गरेका हुन् ।

फिदिम वजारका मूख्य तथा सहायक सडकमा मार्च पास गरेका यूवा दस्ताले प्रदेशको नाम कोशी खारेज गर्नु पर्ने, पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्ने लगायतका नारा लगाएका थिए । पार्च पास पछि गणतन्त्र चोकमा आयोजित कोणसभालाई डा. महेन्द्र लावती सहितका नेताहरुले संबोधन गर्दै प्रदेशको नाम कोशी खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने बताए ।

मार्च पास अगाडि फिदिम माविको खेल मैदानमा नुनाम केरुङको संंयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय पहिचानका लागि यूवा दस्ता घोषणा गरिएको थियो । दस्ताका केन्द्रीय सह–कमान्डर एबिराज आङदेम्बेले दस्तालाई अनुशासन तथा जिम्मेवारीका सम्बन्धमा प्रशिक्षण दिएका थिए। पहिचानको आन्दोलन शान्तिपूर्ण हुने जनाउँदै प्रदेशको नाम नसच्याए सम्म कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदहरुलाई अवरोध गरिने संयोजक केरुङले बताए ।

कार्यक्रम प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा भएको हो । समितिका संयोजक काङसोरे तुम्बापोले स्थानीय तहहरुमा समेत पहिचानका लागि यूवा दस्ता गठन गरिसकिएको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : १८ बजे