पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

हिरा परियार

रूकुम (पश्चिम) । चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्यामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले  २४ जनालाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।

पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेखमा रिहा भएका एकजनासमेत गरी २४ जनालाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

घटनामा संलग्न भई तारेखमा रिहा भएकी एक जना युवती र उनकी आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला भएको छ । तारेखमा रहेका अन्य आठ जनाले सफाइ पाएका छन् ।

घटनालगत्तै इन्सेकले गरेको स्थलगत अनुगमन प्रतिवेदनमा ०७७ जेठ १० गते साँझ साढे ६ बजेको समयमा सोतीका स्थानीयहरूले भेरी नगरपालिका–४ रानागाउँ निवासी २१ वर्षीय नवराज विक, चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम सुनार, भेरी नगरपालिका–४ निवासी २१ वर्षीय सन्जु विक, भेरी नगरपालिका–४ रानागाउँ निवासी १७ वर्षीय गणेश विएम, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार र गोविन्द शाहीको सामूहिक हत्या गरेको उल्लेख छ । प्रतिवेदनमा उक्त घटना पूर्वयोजना अनुसार भएको देखिन्छ उल्लेख छ ।

स्राेत: इन्सेक अनलाइन

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ५८ बजे