पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । १५ औं राष्ट्रपति रनिङ शिल्ड तथा याङवरक गाउँपालिका स्तरीय छैटौं अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०८० को उपाधि गणेश मावि नागीले उचालेको छ ।

याङवरक गाउँपालिका ६ नागीमा आईतबार सम्पन्न प्रतियोगितामा गणेश माविले २५ स्वर्ण, १३ रजत र ६ कास्य गरी कुल ४४ पदक सहित रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेको थर्पु माविले १४ स्वर्ण, १३ रजत र १२ कास्य कुल ३९ पदक हात पा¥र्यो । गुप्तेश्वर माविले ४ स्वर्ण, ५ रजत र १ कास्य सहित कुल १० पदक सहित तेस्रो स्थान हाँसिल गरेको छ ।

चौथो स्थान हाँसिल गरेको सिरिसे माविले ३ स्वर्ण, ६ रजत र ८ कास्य सहित १७ पदक हात पारेको छ भने पाँचौं स्थानमा चित्त बुझाएको विष्णु माविले २ स्वर्ण, ४ रजत र ४ कास्य सहित १० पदक हात पारेको छ । यसै गरी, नारायणी माविले २ स्वर्ण, ३ रजत र १ कास्य सहित जम्मा ६ पदक हात पारेको छ । प्रतियोगितामा वुद्द आधारभूत विद्यालयले २ रजत, १ कास्य गरी जम्मा ३ पदक हाँसिल ग¥यो भने वुद्द माविले ३ कास्यमा चित्त बुझायो ।

प्रतियोगितामा छ मावि र पाँच आधारभूत विद्यालय गरी जम्मा ११ विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता मंसिर १५ गते देखि सुरु भई तीन दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा ५० स्वर्ण, ४५ रजत र ३५ कास्यका लागि विभिन्न विधाका खेलहरु आयोजना गरिएको थियो । पदक हासिल गर्ने खेलाडीहरुलाई याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया, उपाध्यक्ष बाबा मेन्याङबो लगायका अतिथिहरुले ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : २७ बजे