पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


दिपक दुलाल
नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा लैङ्ंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ ।

युगिन थिएटर पाँचथरको आयोजनामा ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि नाटक मञ्चन गरिएको हो । नाटकले नेपाली समाजमा गरीबी र अशिक्षाका कारणले हुने लङैंगिक हिंसा तथा बालविवाहले पु¥याउँने असरलाई विषयवस्तु बनाएर लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण गर्नुपर्ने सन्देश दिएको थियो ।

प्रेम नेपाल र कमल घिमिरेको परिकल्पना तथा लेखन र कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे, बर्षा खवास, कविता नेम्वाङ, प्रेम नेपाल, कमल घिमिरे, कुमार ढकाल, रजनी हाङ्सरुम्बा, आर्या चापागाईं लगायतले अभिनय गर्नु भएको थियो ।

फाल्गुनन्द गाउँपालिकाका विभिन्न स्थानमा प्रस्तुत गर्ने कार्यक्रम रहेको उक्त नाटक यस अघि फाल्गुनन्द ३ स्थित राँके बजारमा मञ्चन गरिएको थियो । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा जनचेतना अभिवृद्धि गर्न नाटक मञ्चन गरिएको थिएटरले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : २६ बजे