पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा फाल्गुनन्द १, नवमीडाँडामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाइमा योजना तथा कार्यक्रम सञ्चालन गर्दा आइपरेका समस्या तथा अप्ठ्याराहरु र वडा तथा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह लगायत चित्त नबुझेका विषयहरुमा सरोकारवाला स्थानीयले प्रश्नहरु तथा गुनासाहरु राखेका थिए ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, योजना शाखा प्रमूख निर्मल अधिकारी तथा गाउँपालिकाका विषयगत शाखाका प्रमूखहरुले छलफलमा उठेका प्रश्न तथा गुनासोहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा योजना सञ्चालन उपभोक्ता समितिका पदाधिकारीहरु, स्थानीय जननिर्वाचित प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजिवी लगायत उक्त वडाका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द गाउँपालिका र १ नं. वडा कार्यालयले आयोजना गरेको कार्यक्रमको सहजीकरण रेडियो मितेरी ९८.२ मेगाहर्जका अध्यक्ष लक्ष्मी गौतम र स्टेशन म्यानेजर खबिन लुइँटेलले गर्नुभएको थियो । कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : १० बजे