पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । सवारी ज्यान सम्बन्धी घटनाका कसुरदार ठहर भएका ईलाम जिल्ला ईलाम नगरपालिका ३ बस्ने २४ वर्षीय सन्तोष मुखियालाई प्रहरीले बुधबार फिदिम वजारवाट गिरफ्तार गरेको छ ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत सवारी ज्यान मुद्वामा ६ महिना कैद र रु २ हजार जरिवाना भई फरार रहेका कसुरदारलाई खोजतलास गर्ने क्रममा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत पाँचथरको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत निजलाई फिदिम वजारमा हिडडुल गर्दै गरेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले बताउनु भयो । उनलाई बिहिबार अदालत पेश गरिएको समेत उहाँले जानकारी दिनु भयो ।

मुद्दाको फैसला बमोजिम कसुरदारलाई कैद भुक्तानको लागि विहिबार नै जिल्ला कारागार कार्यालय पाँचथर पठाइएको जिल्ला अदालत पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : १६ बजे