पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । जनता समाजवादी पार्टी (जसपा) निकट लिम्बुवान राष्ट्रिय समिति पुनः गठन भएको छ । पाँचथरको फिदिममा शनिबार एक कार्यक्रमका बीच जेन्टल लावतीको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति पुनः गठन भएको हो ।

नयाँ गठित समितिको उपाध्यक्षमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्नीमाया मेचे रहनु भएको छ भने मूख्य सचिव केदार धिमाल चयन हुनु भएको छ । समितिको सचिवमा अजितकुमार धिमाल, हेमराज धिमाल र सुस्मा राईले नेतृत्व लिनु भएको छ भने कोषाध्यक्षमा टुपेन्द्र एत्तेन चयन हुनु भएको छ ।

समितिको सदस्यहरु प्रदिप मादेन, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टि.आर. आङदेम्बे, क्षितिज लावती र रोहित आङबो चयन हुनु भएको छ । यसैगरी, हेमराज माङमु, कमलसिङ नेम्बाङ, काङसोरे सुन्दर लावती, विश्वेश्वर बेघा, श्याम एत्तेन, प्रेमचन्द्र लेप्चा र मणी लुङगेली मगर पनि सदस्यमा चयन हुनु भएको छ । समितिका अन्य सदस्यहरु दिपा निङलेखु, देउमान चेम्जोङ, खड्ग लिम्बू, नारायण गुरुङ, किशोरचन्द्र इङनाम, मोहन धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई मनोनित हुनु भएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ समिति गठन गरेको हो । पार्टीले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनः गठन गरिएको जसपाको केन्द्रीय सदस्य मचिन्द्रप्रसाद बेघाले जानकारी दिनु भयो।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ५७ बजे