पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले सचिव योगेशकुमार भट्टराई माथि पहिचान पक्षधरले ताप्लेजुङमा आईतबार अवरोध गरेका छन् ।

पहिचान पक्षधरले भट्टराई सहभागि कार्यक्रममा विरोध प्रदर्शन गर्नुका साथै उनी सवार गाडी तोडफोड गरेर अवरोध गरेका हुन् । दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वको अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा भट्टराई सहितका नेताहरु सहभागि भए पछि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पहिचान पक्षधर र एमाले कार्यकर्ताबीच ठेलमठेल समेत भएको थियो । अपरान्ह ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण समेत गरेका छन् ।

पहिचान पक्षधरका कार्यकर्ताले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनु भयो । प्रत्यक्षदर्शी स्थानीयका अनुसार आक्रमणवाट भट्टराई सवार गाडीको सिसाहरु फुटे पनि कोही घाइते भएनन् । भट्टराई सहितका नेताहरुलाई सुरक्षा दिई गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश नामको खारेजीको माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पूर्वमा आन्दोलन गरिरहेको छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : १५ बजे