पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । जीवित पतिको मृत्यु दर्ता गरी एकल महिलाको भत्ता लिएको आरोपमा रामेछाप जिल्लाको मन्थली नगरपालिका ३ का निर्मला खत्री र तत्कालीन वडा सचिव शिवकुमार महतो विरूद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपितद्वय विरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार खत्रीले झुटा विवरण पेश गरी मृत्यू दर्ता गराएकी थिईन् भने वडा सचिव महतोले एकल महिलाको परिचय पत्र बनाई दिएका थिए ।

खत्रीले आफ्ना पतिको मृत्यु भएको भन्दै मृत्यू दर्ता गरी एकल महिलाको सामाजिक सुरक्षा भत्ता लिएको आरोप लगाइएको छ । वडा सचिव महतो माथि भत्ता लिनको लागि मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइ दिएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : ०६ बजे