पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ स्थित निगालेमा बिहिबार विहान एकै परिवारका तीन जनाको लास फेला परेको छ ।

लास फेला पर्नेमा स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङ रहेका छन् । टिकारामको झुण्डिएको अवस्थामा र श्रीमती तथा छोराको घरको खाटमा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो । घटनाको प्रकृति हेर्दा श्रीमानले छोरा र श्रीमतीको हत्या गरेर आफुले समेत आत्महत्या गरेको हुन सक्ने एसपी कोइरालाले जानकारी दिनु भयो ।

मृतक टिकारामले विहिबार विहान करिब १ बजे तिर आफ्नो अर्की ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीको जिम्मा लगाएको बुझिएको इन्सेक धनकुटा जिल्ला प्रतिनिधि इश्वर थापाले बताउनु भयो । बुबाले दाजु र आमालाई कुटपिट गरेको ती बालिकाले बताएको समेत उहाँले जानकारी दिनु भयो । टिकारामको जिउ काम्ने रोगको उपचार गरिरहनु पर्ने र मादक पदार्थ समेत सेवन गर्ने गरेको स्थानीयले बताए ।

पोष्टमार्टमका लागि तीन ओटै लास जिल्ला अस्पताल पठाइएको एसपी कोईरालाले जानकारी दिनु भयो । घटनाको सुक्ष्म ढंगले अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १ : ०२ बजे