पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका ३ स्थित अर्याल चोकमा आइतबार अपरान्ह यात्रुबाहक वस दुर्घटना हुँदा एक नाबालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा जिल्ला धनुषा धनुषाधाम नगरपालिका ९ का १२ वर्षीय अर्पण लामा रहेको प्रहरीले जनाएको छ । इलामको कन्यामवाट झापा जादै गरेको ना ६ ख ८४२४ नंं. को बस दुर्घटना हुँदा सो बसमा सवार अन्य ३६ जना घाईतेको उद्धार गरी उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगूले बताउनु भयो । बस सडकवाट करिब ३ सय मिटर तल झरेको स्थानीयले बताए ।

बस धनुषावाट भ्रमणका लागि इलाम आएको सूचना अधिकारी जवेगूले बताउनु भयो । घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय इलामवाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र इलाका प्रहरी कार्यालय पशुपतीनगरवाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी परिचालन गरी घाईतेहरुको उद्धार गरिएको उहाँले जानकारी दिनु भयो । दुर्घटनाको कारण अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।

मृतक तथा घाईतेहरुको विवरण

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : २८ बजे