पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आईतबार हुने फाईनल खेलमा दुई देशबीच उपाधीका लागि भिडन्त हुने भएको हो ।

फाईनल खेलमा स्थान सुरक्षित गर्न भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाखा लगाएको थियो । पहिलो सेमीफाईनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गरेको थियो । भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड ४८.५ ओभरमा ३३७ रन बनाउँदै अलआउट भएको थियो । भारतको निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

यस्तै शुक्रबार सम्पन्न अर्को सेमिफाईनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्ध संघर्षपूण जित हाँसिल गरेको थियो । दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सवै विकेट गुमाएर २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेकाे थियाे । जवाफी ब्याटिङमा उत्रिएकाे अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर साे लक्ष्य पूरा गरेको थियो ।

जारी प्रतियोगिताको समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । विश्वकपमा भारत र अस्ट्रेलिया हालसम्म १३ पटक भिडेका छन् । जसमध्ये अस्ट्रेलियाले ८ पटक र भारतले ५ पटक जित हाँसिल गरेका छन् ।

तस्विर : आईसीसी फेसबुक पेज

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ०४ बजे