पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

अन्तरपालिका स्तरीय द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाको पोल्टामा परेको छ । फाल्गुनन्द गाउँपालिका ६ र ७ को सीमानामा अवस्थित वासाङ्गु वजारमा शनिबार सम्पन्न फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई हराउँदै फाल्गुनन्द गाउँपालिकाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

फाल्गुनन्द गाउँपालिकाले २५–१६, २५–२२ र २५–२१ को सोझो सेटमा कुम्मायक गाउँपालिकालाई पराजित गर्दै उपाधी जितेको हो । जीतसँगै फाल्गुनन्द गाउँपालिकाले १ लाख १५ हजार ५ सय १५ रुपैंयाँ नगद, ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको छ भने उपबिजेता कुम्मायक गाउँपालिकाले ६५ हजार ५ सय ६५ रुपैंयाँ नगद, ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई समापन समारोका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे सहितका अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो । त्रिवेणी यूवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगितामा पाँचथर, इलाम र तेह्रथुमका १२ टिमकाे सहभागिता रहेकाे क्लबका अध्यक्ष अमर आङदेम्बेले बताउनु भयाे । द्धितीया मेलाको अवसरमा भलिबल खेलका साथै साँँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष आङदेम्बे जानकारी दिनु भयो ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : १८ बजे