पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । रानीटार गोल्डकप २०८० आजवाट फिदिम नगरपालिका ७ स्थित रानीटार माविको खेल मैदानमा सुरु हुने भएको छ ।

त्रिवेणी यूवा क्लबको आयोजना हुने खेलको उद्घाटन आज १२ः०० वजे हुने आयोजकले जनाएको छ । फाल्गुनन्द जन्मजयन्ती तथा बलिहाङ तङनामको अवसरमा प्रतियोगिता आयोना गरिएको क्लबका अध्यक्ष ललीत लिम्बूले बताउनु भयो ।

गोल्डकप उद्घाटन पहिलो खेलमा आज डीएफसी इलाम र आयोजक बीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी, दोस्रो खेलमा रानीटार युनाईटेड र पञ्चमीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको र फाइनल खेल कार्तिक २९ गते सञ्चालन गरिने क्लबका अध्यक्ष लिम्बुले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेताले रु ७० हजार १ सय नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् भने उपविजेताले रु ४० हजार १ सय नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगिता सञ्चालन गर्न फिदिम नगरपालिका ७ नं. वडा कार्यालयकाे सहयाेग रहेकाे छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : १६ बजे