पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । लागू औषध खरिद विक्री गरेको आरोपमा भारत बिहार राज्य, किसानगंज स्थायी ठेगना भई हाल फिदिम नगरपालिका १ बस्ने २१ वर्षीय महमुद आलमलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।

लागू औषध खरिद विक्री गर्ने गरेको सूचनाका आधारमा आरोपितलाई फिदिम वजारवाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवश कुँवरले बताउनु भयो । आरोपितलाई बुधबार नै जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान समेत थालिएको उहाँले जानकारी दिनु भयो ।

मोटरसाईकल ग्यारेजमा काम गर्ने आरोपितको कोठावाट ३ पोका अबैध लागू औषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागु औषध ब्राउन सुगर जस्तो देखिने ३ पोका पदार्थको तौल १ ग्राम ३०० मिलिग्राम रहेको छ ।

आरोपितलाई लागू पदार्थ (नियन्त्रण) ऐन अनुसार मुद्दा चलाईने प्रहरीले जनाएको छ । पछिल्लो समय वजारमा लागू औषधको प्रयोगकर्ता वढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : १० बजे