पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम स्व. शेरबहादुर गुरुङ स्मृति कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता जिल्ला सदरमुकाम फिदिममा मंगलबार सुरु भएको छ ।

ब्याडमिन्टन संघ, पाँचथरद्धारा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले अम्पायर राजु विष्टलाई कर्क हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको संघका उपाध्यक्ष सागर थापा मगरले जानकारी दिनु भयो । प्रतियोगितामा बी र सी क्याटोगोरीका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् भने उपविजेताले रु १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

फिदिम नगरपालिका वडा नं. ७ का स्व. शेर बहादुर गुरुङ वि.स. २००४ असार २० गते जन्म भई २०७६ साउन २७ गते दिवंगत हुनु भएकोले उहाँको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न संघलाई अनुरोध गरिएको उनका आफन्त सन्तोष राईले बताउनु भयो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : २८ बजे