पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम लालीखर्क गोल्डकप २०८० मा आयोजक साझा यूवा क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा धनकुटाको संजिवनी युवा क्लबलाई ५–३ ले पराजित गर्दै आयोजक साझा युवा क्लबले विजयी सुरुवात गरेको हो ।

फिदिम नगरपालिका–३ लालिखर्क स्थित जनकल्याण माविको खेलमैदानमा सोमबार भएको खेलमा संजिवनी युवा क्लबले पहिलाे हाफमा ३ गोलको अग्रता लिएको थियो । संजिवनीका लागि सुजन लिम्बू शुक्र, लिम्बू र सुशिल लिम्बूले समान १ गोल गरे । उत्कृष्ट कमब्याक गर्ने क्रममा आयोजकका खेलाडीहरुले एक पछि अर्को आक्रमण बुन्दै ५ गोल गरेका थिए । आयोजक साझा क्बलको जितमा सुमन रसाईलीले २ गोल गरे भने प्रितम लिम्बू, सबिन राई र विकास परियारले समान १ गोल गरे । आयोजककाे तर्फवाट २ गोल गरेका सुजन रसाईली म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नु भएको थियो । उद्घाटन समारोहमा जिल्ला स्थित राजनीतिक दल तथा कार्यालय प्रमुखहरु, खेलकुद जन्य संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छ भने उप–विजेताले ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको र फाईनल खेल कार्तिक २५ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ३७ बजे