पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फिदिम । छैटौं तरुण गोल्ड कप– २०८० को उपाधि फिदिम ८ रानीटारको पोल्टामा परेकाे छ । फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न फाईनल खेलमा फिदिम १ फिदिम वजारलाई १–० ले पराजित गर्दै रानीटारले उपाधि आफ्नो पोल्टामा पारेको छ ।

फिदिम ८ लाई उपाधि जिताउन अर्जुन गुरुङले एक मात्र निर्णायक गोल गरे । दोस्रो हाफमा कर्नरवाट आएको बललाई अनमार्क रहेका उनले हेडर मार्फत जाली चुमाएका थिए । दुवै टिमको गोल गर्ने प्रयासका बाबजुत पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।

प्रतियोगिताको विजेता टिमले रु. ५१ हजार १ सय ७१ नगद, ट्रफि मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले रु. ३५ हजार १ सय ७१ नगद, ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझाए । फाईनलमा निर्णायक गोल गरेका अर्जुन गुरुङ खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगितामा ४ गोल गरेका फिदिम ८ का नवराज गुरुङ सर्वाधिक गोलकर्ता बने भने उत्कृष्ट गोल किपर सुरेश गुरुङ चुनिए । यसै गरी फदिम १ का अतित आङबो उत्कृष्ट खेलाडी, सुरेशजंग क्षेत्री उत्कष्ट डिफेन्डर र संजिव नेम्बाङ उत्कृष्ट फरवार्डका रुपमा पुरस्कृत भए । सवै विधाका उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय पुरस्कार पाए ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । तरुण दल जिल्ला कार्य समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा फिदिम नगरपालिका १४ टिमको सहभागिता रहेको थियो । तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको तरुण दल जिल्ला कार्य समितिका अध्यक्ष सुमन लामाले लामाले बताउनु भयो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : ४३ बजे