पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा


फिदिम । छैटौं तरुण गोल्ड कप २०८० आजदेखि फिदिममा सुरु हुने भएको छ । फिदिम नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताका रुपमा आयोजना हुने गोल्डकपको दिउँसो १ः०० वजे उद्घाटन हुने भएको छ ।
दरुण दल जिल्ला कार्य समिति पाँचथरको आयोजनामा हुने प्रतियोगितामा फिदिम नगरपालिका १४ टिमको सहभागीता रहने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो । तरुण दल स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले जानकारी दिनु भयो ।
फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितको फाईनल खेल कात्तिक १४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले रु. ५१ हजार १ सय ७१ नगद, ट्रफि मेडल र प्रमाण पत्र हात पार्नेछन् भने उपविजेताले रु. ३५ हजार १ सय ७१ नगद, ट्रफि मेडल र प्रमाण पत्र पाउने अध्यक्ष लामाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : १२ बजे