पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा


यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मलेसियाको क्वालालाम्पुर स्थित बायोमास ओभलमा मंगलबार भएको फाईनलमा युएईलाई १९ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।
डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६.५ ओभरमा १७८ रनमा अल आउट भएपछि नेपालले उपाधि कब्जा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो ।
यूएईको पारीमा २ र ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३० रन बनाए । यसैगरी, ययिन किरण राईले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले १४ रन जोड्दा २ विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । नेपालका कप्तान देव खनालले ९० बलमा सतक प्रहार गरे । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६ औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका थिए । उत्तमले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । यूएईका हरित शेट्टीले ५ विकेट लिए ।
आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि प्रिमियर कप विजेता नेपालसँगै उपविजेता बनेको यूएई र तेस्रो स्थान हाँसिल गरेको जापान पनि एसिया कपमा छनोट भएको छ । छ ।
तस्विर सौजन्य– एनसीएसएस पेज

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : ५८ बजे