पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम नगर वडा नं. २ का पूर्व जनप्रतिनिधि सम्मानित

३२ जना पूर्व जनप्रतिनिधिहरुलाई सम्मान


नारायण तुम्बापो


फिदिम । फिदिम नगरपालिका वडा नम्बर–२ अन्तर्गतका पञ्चायतकालदेखि हालसम्मका विभिन्न ओहदाका ३२ जना पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । विगतमा नेतृत्वमा रहेर समाजको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान गरे वापत जनप्रतिनिधिहरुलाई वडा पालिकाद्वारा सम्मान गरिएको हो ।
वडा कार्यालयको प्राङ्गणमा सम्मान समारोह आयोजना गरेर आइतबार जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । निवर्तमान नगर प्रमुख ओनाहाङ् नेम्बाङ, पूर्व जिल्ला विकास समिति सदस्य राजेश सुब्बा, निवर्तमान वडाध्यक्ष सुकपाल तुम्बापो लगायतलाई सम्मान गरिएको हो । उहाँहरुलाई नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने र वडाध्यक्ष दिनानाथ अधिकारीले अविर र खादाले अभिनन्दन गर्दै सम्मानपत्र प्रदान गरेका हुन । पूर्व जनप्रतिनिधि सम्मान गर्ने संस्कृतिले आउदो पुस्तामा जिम्मेवार नागरिक नेतृत्व विकासमा प्रोत्साहन पुग्ने विश्वास रहेको वडाध्यक्ष दिननाथ अधिकारीले बताए । सम्मान कार्यक्रममा सहभागी विभिन्न अथितीले सम्मानितप्रति बधाई व्यक्त गर्दै दशैको शुभकामना मन्तव्य समेत राखेका थियो ।
सम्मान कार्यक्रम समारोहमा २ नम्बर वडावासीको स्वास्थ्य विमा, रगत समुह परिक्षण समेत गर्न सुरु गरिएको छ । वडावासीको स्वास्थ्य सुरक्षा प्रवद्र्धन हुने गरिे सवै वडावासीको स्वास्थ्य विमा र रगत समुह परिक्षण गरिने वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए । यसैगरि नागरिकको आर्थिक सशक्तिकरणमा सघाउ पुग्ने गरि उन्नत जातको विउ रागा र गोरु पनि वडा पालिकाले किसानलाई आइतबार नै बाँडेको छ । लम्पी स्किन रोग प्रकोपले गाई गोरु मरेर क्षति भोगेका किसानहरुलाई दश हजारसम्म क्षतिपूर्ति राहत समेत बाँडिएको छ ।
फोटोः फिदिम नगरपालिका वाड नम्बर २ मा सम्मानित पूर्व जनप्रतिनिधि । तस्विरः नारायण तुम्बापो

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ३५ बजे