पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा व्याडमिन्टन प्रतियोगिताको उपाधि तामाङ र खत्रीको जोडीलाई

२०८० सालका वडादशै, दिपावली वलिहाङ तङनाम तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समेत सम्पन्न भएको छ ।


मंगल बेघा
फिदिम । जिल्ला सदरमुकाम फिदिममा आईतबार सम्पन्न जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि पासाङ तामाङ र रमेश खत्रीको जोडिले हात पारेका छन् ।
तामाङ र खत्रीको जोडीले दर्पण केरुङ र हिमाल नेम्बाङको जोडिलाई २१–१८, १९–२१ र २३–२१ अंकको सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । विजेताले रु १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले रु ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।


ब्याडमिन्टन संघ पाँचथरको आयोजनामा दुई दिन सम्म सञ्चालित प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख यूगमणी सवेहाङ, पूर्व अध्यक्ष रामबीर राई, संघका सल्लाहकार डीएस सुब्बा, खड्ग थापा मगर लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको संघका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिनु भयो ।
संघले प्रतियोगितको समापन समारोहसँगै २०८० सालका वडादशै, दिपावली वलिहाङ तङनाम तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको अयोजना गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, जिल्लाका खेलकुद जन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुबीच आपसी सदभाव तथा भातृत्वको विकासका लागि कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तुम्बापोले बताउनु भयो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : १३ बजे