पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । आउदो दशै तिहार लगायातका चाड पर्व लक्षित सुरक्षा योजना आज बुधवार देखि पाँचथर प्रहरीले लागू गरेको छ । दसैं, तिहार र छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न ‘चाडपर्व सुरक्षा योजना २०८०’ पाँचथर प्रहरीले कार्यान्वयनमा ल्याएको हो । यो सुरक्षा योजना असोज २४ देखि शुरु हुने र मंशिर ०८ सम्म लागु गरिने हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले बुधबार कार्यालय परिसरमा पत्रकारको उपस्थितिमा ‘चाडपर्व सुरक्षा योजना २०८०’ सार्वजनिकिकरण गरेको हो ।
चाडपर्वलाई लक्षित गरि सुरक्षा ब्यवस्थालाई मजबुत बनाउन सुरक्षाकर्मिको प्रभावकारी परिचालन, कारवाही र शिघ्र सेवाको तयारीका साथ सुरक्षाको ब्यवस्था मिलाईएको पाँचथर प्रहरी प्रमुख, प्रनाउ हेमन्त भन्डारी क्षेत्रीले जानकारी गराएका छन ।
उनका अनुसार, ‘जिप्रका पाँचथरमा हाजिरमा रहेको ४ सय ५० प्रहरीलाई विभिन्न क्लस्टरमा विभाजन गरि खटाईने छ । मोवाईल टोली, क्युक रेस्पोन्स टिम, मोटरसाईकल गस्ति, पैदल गस्ति, पिकेट, खवर संकलन, राजमार्ग स्कर्टीङ्ग, हतियार सहित क्रस पेट्रोलिङ, ग्रामिण बस्ति गस्ति, बजार अनुगमन टोली, ट्राफिक चेकिङ्ग,कमान्ड पोष्ट जस्ता टोली परिचालन गरि सुरक्षा ब्यवस्थालाई बजबुद गरिनेछ।’
यात्रुहरुको सहज आवतजावत र आवश्यक सहयोगका लागि फाल्गुन्द गाँउपालिकाको राके बजार, मिक्लाजुङ गाँउपालिकाको रवि बजार, याङवरक गाँउपालिकाको गणेशचोक र जिल्ला सदरमुकाम फिदिमको फिदिम बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरि सेवा सहज गरिने प्रहरीको कार्ययोजना रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : २२ बजे