पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका वडा नं.१ शनिवारे बजार छेउको गाईगोठमा आईतबार विहान अन्दाजी ६ः४० बजेको समयमा आगलागी भएको छ ।

स्थानीय टिका भट्टराईको घर नजिकै रहको ढुङ्गा माटो र काठले बनेको टिनको छानो भएको गाईगोठमा आगलागी भएको हो । फिदिम नगरको दमकल सहित सुरक्षाकर्मी र स्थानीयले करिब ७ः१५ आगोलाई नियन्त्रणमा लिईएको छ ।

गाईगोठ जलेर पूर्ण क्षति भएको र अन्य मानविय तथा चौपायको क्षति केहि नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : १७ बजे