पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको फिदिम-फालौट सडक खण्डको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुदाँ ६५ बर्षीय मायादेवी कार्कीको शनिवार विहान मृत्यु भएको छ । स्कुटर चालक उनका श्रीमान होमकर्ण कार्की गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
मृतक मायादेवी कार्की फिदिम नगरपालिका ११ फेवादिन कि हुन । स्कुटर चालक श्रीमान होमकर्ण कार्की र उनि विहान करिब ७ः३० बजे आफ्नो घर फेवादिन देखि फिदिम बजार आउने क्रममा फेवादिन टारमुनिको अम्बके भिरमा दम्पती सवार प्रदेश ०१–०३–००१ प ५२७१ नम्वरको स्कुटर अनियन्त्रित हुनगई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका जानकारी दिएको छ ।
चालक होमकर्णको दाहिने खुट्टा भाँचिएको छ । दुर्घटना हुँदा सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारार्थ सदरमुकाम स्थित पाँचथर अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । श्रीमान, घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

फोटो उपलब्धः जिल्ला प्रहरी कार्यालय, पाँचथर

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ०३ बजे