पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार बिहान करिब ८ः४० बजे अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम-६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको हो । टाउको र चिउडोमा गम्भीर चोट लागेको तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाईते हुनेमा फिदिम ६ का सन्देश लिम्बु,अटो चालक दिपक लिम्बु,बसन्ती लिम्बु र फिदिम ७ का कुशल लिम्बु रहेका छन । उनिहरुको अवस्था सामान्य रहेको र पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ११ : १९ बजे