पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । लोबेड लरी गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३०।३५ वर्षीय पुरुष रहेका छन् । मृतकको तत्काल नाम थर नखुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
मेचि राजमार्गको फिदिम नगरपालिका वडा नं. ०३ लालीखर्क स्थित स्वास्थ्य चौंकी नजिक बुधबार दिउसो १ः४० बजे लोबेड लरीको ठक्करबाट पैदैल यात्रीको घटना स्थलमै मृत्यु भएको हो । फिदिमबाट राँके तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४८०७ नम्बरको खाली लोबेड लरी गाडीले ठक्कर दिएको प्रहरी निरिक्षक दिवस कुँवरले बताए ।
लोबेड लरी प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकोले खोजी कार्य र घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ठक्कर दिने लोबेड लरी गाडीको फोटो उपलब्धः फिदिम नपा ०३ का वडाध्यक्ष, नरेन्द्र गुरुङ

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : १७ बजे