पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । अविरल बर्षा संगै मंगलबार बिहान नावाखोलामा आएको बाढीका कारण खोलामा फसेको ट्रीपर डुबेको छ । तमोर करिडोर अन्तर्गत नावा खोलामा धरानबाट पाँचथरको यासोकतर्फ आउदै गरेको बा१क ५११२ नं. को ट्रिपर खोलामा फसिई डुवेको हो ।
ट्रिपरमा रहेको २६ ड्रम डिजेल (प्रति ड्रम २२० लि. रहेको जम्मा ५७२० लिटर) खोलाले बगाएर लगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । ट्रीपर चालक अमृत श्रेष्ठले विहान ६ बजे नावाखोला प्रहरी चौकीलाई ट्रीपर डुबेको जानकारी गराएको र कुनै मानविय क्षति नभएको चौकीबाट खटिएका प्रहरी सहायक निरिक्षक राजकुमार श्रेष्ठले बताए ।

फोटो उपलब्धः जिल्ला प्रहरी कार्यालय, पाँचथर

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ३८ बजे