पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ११ घटना

६ महिनामा बाल अधिकार अन्तर्गत बलत्कार ४, दुर्ब्यवहार १, आत्महत्या दुरुत्साहन १, महिला अधिकार अन्तर्गत हत्या १, बहुबिबाह ३ र कुटपिट १ सहित जम्मा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन


युधिष्ठिरराज आमगाई

फिदिम । पाँचथर जिल्लामा पछील्लो ६ महिनामा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन ।इन्सेक पाँचथरले सन् २०२३ को जनवरी देखि जुन सम्म (छ महिना) को घटना अभिलेख सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।

६ महिनामा बाल अधिकार अन्तर्गत बलत्कार ४, दुर्ब्यवहार १, आत्महत्या दुरुत्साहन १, महिला अधिकार अन्तर्गत हत्या १, बहुबिबाह ३ र कुटपिट १ सहित जम्मा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन । ईन्सेक पाँचथर प्रतिनिधि सहमान विश्वकर्माले घटना अभिलेख विवरण प्रस्तुत गर्दै यि घटनाहरु प्रहरीमा समेत दर्ता भएका बताए ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा गर्ने ईन्सेकको कार्यक्रम अनुसार शनिवार जिल्लाका सरोकारवालाहरु विच घटना अभिलेखिकरण सार्वजनिक गर्दैअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाको समग्र मानवअधिकार र सामाजिक न्यायको अवस्थाको समेत समेत समिक्षा र छलफल गरिएको छ ।
कार्यक्रम मानव अधिकार चेतना र बिकास केन्द्रका (हुकोडेक) का कार्यकारी निर्देशक एवं अग्रज मानव अधिकारकर्मी प्रेम ओझाको अध्यक्षतामा र पाँचथर जिल्ला समन्वय प्रमुख रामराज आङदेम्बकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी गौरब ढुंगेल, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रनाउ हरी खतिवडा, फिदिम नगरपालिका वडा नं.१ वडा सदस्य मुना नेम्बाङ, नेपाल पत्रकार महासंघ पाँचथर शाखा कोषाध्यक्ष सरोज खतिवडा, नेपाल आदिबासी जनजाती जिल्ला समन्वय पाँचथरका अध्यक्ष रिन्जी शेर्पा, प्रेस चौतारी पाँचथरका अध्यक्ष रबिन्द्र काफ्ले, प्रेस युनियन पाँचथरका सचिव दिपक बोहोरा, जनजसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी, महिला कल्याण समाज पाँचथरकी अध्यक्ष मधु जबेगु, लगायतले जिल्लामा मानव अधिकारको क्षेत्रमा इन्सेकले गरेको कामको प्रशंसा गरेका छन ।

जिल्लामा मानवअधिकारका थुप्रै सवाल रहेको र यसका निम्ति पनि इन्सेक लगायतका संघ संस्थाहरुले अझ समन्वय गरी काम गर्नुपर्नेमा बक्ताहरुले सुझाएका छन ।

फोटो उपलब्धः ईन्सेक पाँचथर प्रतिनिधि, सहमान विश्वकर्मा

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : १२ बजे