पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । ताप्लेजुङमा ब्याडमिन्टन खेलको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । ब्याडमिन्टन संघ काेशी प्रदेश समितिको आयोजना, जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको सहआयोजना र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
गत आईतबारदेखि सञ्चालित तामिमा १२ जिल्लाका एक महिलासहित २५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । नेपाल ब्याडमिन्टन संघका प्रतिनिधि तथा पूर्व मूख्य प्रशिक्षक उदयबहादुर श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए । ब्याडमिन्टन खेलको ज्ञानसँगै सीप समेत हाँसिल भएकाले तालिम उपलब्धिमूलक भएको पाँचथरवाट सहभागी प्रशिक्षार्थी दिपक आङदेम्बेले बताए ।
तालिमवाट जिल्ला तथा स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । दक्ष प्रशिक्षकवाट मात्र स्तरीय खेलाडी उत्पादन गर्न सकिने भएकाले तालिम आयोजना गरिएको ब्याडमिन्टन संघ कोशी प्रदेश समितिका संयोजक योगेश्वर श्रेष्ठले बताए । कोचका लागि धेरै जिल्लावाट माग आएकाले तालिम सञ्चालन गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : ०४ बजे