पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । आइसिसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजसँग नेपाल १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । चार पटकको विश्वकप विजेतासँग ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट हुँदै पराजित हुन पुगेको हो ।
नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । दीपेन्द्र सिंह ऐरी २० बलमा २ चौका र १ छक्कासहित २३ तथा आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भए । कुशल भुर्तेल ६ बल ५ रन र भीम सार्की ७ वलमा २ रन बनाउँदै आउट हुन पुगे । यसैगरी, रोहित पौडेल ४३ वल ३० रन, कुशल मल्ल ६ वल २ रन र सन्दिप लामिछाने ४ वल १ रन बनाउँदै आउट भए । ललीत राजबंशी १ वलमा कुनै रन बनाउन सकेनन् भने नेपालले एक्स्ट्रा १४ रन पाएको थियो ।
वेस्ट इन्डिजका जेसोन होल्डरले १० ओभरमा ३४ रन दिँदै ३ विकेट लिएका थिए भने अल्जारी जोसेफले समान १० ओभरमा ४५ रन दिँदा २ विकेट लिएका थिए । किमो पलले १० ओभरमा ६३ रन दिएर २ विकेट लिए । अकिल हुसेनले १० ओभरमा ४९ रन दिएर २ विकेट लिए । किले मेयर्सले ६.४ ओभरमा ३७ रन दिएर १ विकेट लिए भने विकेट लिन असफल रोस्टोन चार्जले तीन ओभरमा ९ रन दिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रनको विशाल लक्ष्य बनाएको थियो । वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रन बनाए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । राम्रो सुरुवात गरेको नेपालले ओपनर कायल मेयर्सलाई १ र जोनसन चाल्र्स डक आउट गरेको थियो । ब्रेन्डन किंग ४२ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । रोभम्यान पावेल १४ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । किमो पल १ रनमा आउट हुँदा जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालको सुपर सिक्स समिकरण समेत कठिन बनेको छ । आगामि शनिबार हुने लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएर मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ४२ बजे