पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम। मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवाखोलामा तत्कालका लागि यात्रु आगमनलाई सहजीकरण गर्न फड्के पुल निर्माण थालिएको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी तथा युवाको अग्रसरतामा शुक्रबार बिहानैदेखि बाँसको फड्के बनाउन थालिएको हो ।
फड्के पुलले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न तरेर जान सघाउने विश्वास गरिएको छ । फड्के चाँडै सञ्चालनमा आउने गरी निर्माण कार्यमा लाग्ने लगाउने कार्य भइरहेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद बताउछन् ।
मेचीमार्गको फिदिम-ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गरेका थिए । गाडी तर्न नसक्ने गरी हालैको बाढीले हेवाखोला पुल बगाएपछि यात्रुहरूलाई असुविधा पुगेको छ ।
फड्के पुल मोटरसाइकल तार्न सक्ने क्षमताको बनाउन लागि परिरहेको फिदिमका समाजसेवी युवा कमल थपलियाले बताए । यसबाट धेरै यात्रुलाई राहत पुग्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : १४ बजे