पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । पाँचथरमा शनिवार रातीदेखि भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार राति देखि फसेका ३ घरका १२ जनालाई सोमबार विहान १०ः ३० बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथर याङवारक गाउँपालिका वडा नं. १ च्याङथापू, फेदीस्थित पहिरोमा परि फसेका वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।


त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको प्रहरी जनाएको छ ।

फोटो उपलब्धः जिल्ला प्रहरी कार्यालय, पाँचथर

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : १२ बजे