पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । ताप्लेजुङमा आयोजित प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल्स तर्फको उपाधि पाँचथरले हात पारेको छ । जिल्ला सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा सो विधा तर्फको उपाधि पाँचथरका दिपक आङदेम्बे र गणेशकुमार राईको जोडीले हात पारेका हुन् ।
जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा सञ्चालित प्रतियोगितामा सो विधा तर्फ पाँचथरकै रामराज आङदेम्बे र युगमणि लिम्बूको जोडी पराजित भएका हुन् । विजेताले पुरस्कार २५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १५ हजार रुपैयाँमा नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।
प्रतियोगितामा मेन्स डबल सिनियरतर्फ तर्फको उपाधि तेह्रथुमका नविन सिलवाल र डीबी कन्दङवाले जितेका छन् । सो जोडिले मोरङका महेश खड्का र लाक्पा शेर्पालाई पराजित गर्दै उपाधि जितेका हुन् । विजेताले ३० नगद ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले २० हजार नगद ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।
जिल्लाका खेलाडी सम्मिलित तेस्रो मेयर कप जिल्ला स्तरीय ब्याडमिन्टन मेन्स डबल जुनियर तर्फको उपाधि भुपेन्द्र लिम्बू र आन्द्रियास लिम्बूले हात पारे । सो जोडीले वसन्त तामाङ र दक्ष लिम्बूलाई पराजित गरे । विजेताले २० हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।
मिक्स्ड डबल्स तर्फ शिव मगर र सरुना गुरुङको जोडीले रेशिका गुरुङ र आन्द्रियास लिम्बूको जोडिलाई पराजित गर्दै उपाधि हात पारे । विजेताले १५ नगद ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : २७ बजे