पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । शनिवार मध्यरात भएको अविरल बर्षाका कारण गएको पहिरोले पुरिएकि ८ बर्षकि बालिका जुना सावदिनको मृत्यु भएको छ । पाँचथर जिल्लाको फालेलुङ गाँउपालिका वडा नं. ०३ खोलाघारीमा राति सुतिरहेको अवस्थामा घरमाथीबाट झरेको पहिरोले उनि पुरिएकि थिईन।
आईतबार बिहान ७ बजे स्थानीय गाँउले र अभिभावकले उनको जीवितै उध्दार गरेता पनि उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउदै गर्दा मृत्यु भएको हो । दिउसोको करिब १ बजेर ५० मिनेटको समयमा अस्पतालमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।
बालिका फालेलुङ ०४ मेम्मेङका प्रदिप सावदेनकी छीरी हुन । उनि वडा नं. ०३ खोलाघारी स्थित आफ्नो मावली घरमा मावली बाजे मनप्रसाद राईकोमा बस्दै आएकि थिईन । रातिको पहिरोमा परि मृतक बालिकाका बाजे मनप्रदास र बजु रनमाया समेत सामान्य घाईते भएको फालेलुङ गाँपाका प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताए । पहिरोले मनप्रसादको घर र घरभित्रका सामाग्रीको पूर्ण क्षति भएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०५ बजे