पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । शनिवार मध्यरात देखि आईतबार विहानसम्म भएको अविरल बर्षाले पाँचथर जिल्लामा ५ जना वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको प्रारम्भिक जानकारी अनुसार फिदिम ०४ स्थित माउन्टेन हाईड्रो पावर कम्पनीमा सुरक्षा गार्डमा कार्यरत तिलकुमार तामाङ बर्ष ४५ र संजोग लिम्बु बर्ष २८ का दुवै सम्पर्क विहिन रहेका छन । तामाङ हिलिहाङ गाँउपालिका वडा नं. ०७ का बासिन्दा हुन भने लिम्बु फिदिम ११ का हुन ।
अन्य सम्पर्क विहिन रहनेमा फिदिम नगरपालिका वडा नं. ५ बर्ष ५५ का राजकुमार राई हुन । उनि हेवा खोलामा गिट्टीकुटि गुजारा गर्ने गर्थे । हिलिहाङ गापा ०७ मै बोत्तल हाउस होटलका संचालक बर्ष २८ का आशिष माझि र बर्ष २५ कि उनकि श्रीमति एलिशा माझि पनि सम्पर्कमा छैनन् ।
अविरल बर्षाले मेचि राजमार्ग फिदिम ताप्लेजुङ खन्डको हेवा खोलाको पक्कि पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत फिदिम ०४ र हिलिहाङ ०७ हेवा खोलाको पक्कि बेलि ब्रिज समेत बगाएको छ । पुल बगाए संगै मेचि राजमार्गको फिदिम ताप्लेजुङ खन्डको यातायात पुर्णरुपमा अवरोध भएको हो । तमोर करिडोरको माझिटार हिलिहाङ पन्चमी खन्ड समेतको यातायात अवरोध भएको छ । फिदिम नपाको वडा नं. ११ र हिलिहाङ ०७ मा रहेको माउन्टेन हाईड्रो पावर हाउस ए र वि जोड्ने पक्किपुल पनि बाढीले बगाएको छ ।


जिल्लाको फालेलुङ गाँउपालिका वडा नं ०३ र ०७ विच मच्छेबुङ घुमाउनेटारमा रहेको हेवा खोलाको मोटरएवल पक्कि पुल बगाएको छ । यस्तै हेवा खोलामा रहेको वडा नं. ०३ देखि वडा नं. ०५ जोडिने अर्को मोटरएवल पक्कि पुल समेत बगाएको छ । यो पक्कि पुलकै नजिक रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
जिल्लाको उत्तरी गाँउपालिका याङवरक ०४ र ताप्लेजुङको सिदिङवा गाँउपालिका ०४ जोड्ने पक्कि पुल बाढीले बगाएको हो । त्यस्तै मध्यपहाडी लोकमार्गको याङवरक ०२ हुदै चिवा भन्ज्याङ जाने दोभाने पुल समेत गत रातको बाढीले बगाएको छ ।
बर्षा र बाढीले जिल्लाका विभिन्न स्थानका ७ वटा घरहरु र आधा दर्जन भन्दा बढी झोलुङगे पुल बगाएको हो ।
फिदिम नपा वडा नं. १० मा रहेको २१ मेगावाट क्षमताको माउन्टेन हाईड्रो ए जलविधुत आयोजना र वडा नं. ११ स्थित १४ मेघावाट क्षमताको माउन्टेन हाईड्रो वि जलविधुत आयोजना पूर्ण रुपमा क्षति भएका छन ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : २६ बजे