पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । ‘डिजिटल’ पत्रकारीताको आयम थपिए संगै पाँचथर जिल्लामा रहेर क्रियाशिल पत्रकारीता गर्ने पत्रकार एवं संचारकर्मीलाई अनलाइन पत्रकारिता तालिम प्रदान गरिएको छ ।
विषेशगरी अनलाईन संचारमाध्यममा समाचार सामाग्री बनाउने र समाचारको मुलपाठ, फोटो र भिडियो प्रविष्टी गर्ने सिपको विकास गर्ने हेतु यो तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ, पाँचथर शाखाका अध्यक्ष गिरिराज बास्कोटाले जानकारी दिए ।
उनले भने, ‘जिल्ला स्तरबाट संचालित अनलाईन बेभ पोर्टलको प्रभावकारी एवं गुणस्तरीय संचालनको लागि तालिम आवश्यक रहेकोले तालिम अयोजना गरिएको हो । सदरमुकाम फिदिम र जिल्लाका स्थानीय तह देखि समेत अनलाईन संचारमाध्यम संचालनमा रहेकाले पत्रकार एवं संचारकर्मिलाई आवश्यक ज्ञान र सिप तालिमबाट प्राप्त भएको छ ।’
सुचना विभागमा दर्ता तथा प्रेस काउन्सिलमा सुचिकरण भई पाँचथर जिल्लाबाट करिब आधा दजर्न बढि अनलाईन संचालनमा रहेका छन ।


नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशि प्रदेशको सहयोगमा जेष्ठ २१ देखि २३ गते सम्म संचालन भएको तालिममा १८ जना पत्रकारको क्रियाशिल सहभागिता रहेको थियो भने तालिमको सहजिकरण नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जोर्नालिजम्म नेटवर्कका प्रमुख एवं सम्पादक रजनीस भन्डारी र आईटि विज्ञ उज्वल ज्योती शाक्यले गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : २१ बजे