पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको चुहानडाँडा-संक्रान्ति खण्डमा मंगलवार दिउसो अटो दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।

संक्रान्ति बजारदेखि चुहानडाँडा आउदै गरेको प्र १-०१००१ स ८३४४ नम्बरको अटो हाटडाँडामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जानकारी दिएको छ ।

दुर्घटनामा परी अटो चालक श्यामचन्द्र तामाङ सहित इन्द्र बहादुर तामाङ, हस्त बाहादुर तामाङ, देवबहादुर तामाङ र बिमता तामाङ घाईते भएका हुन् । घाईतेहरुलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पताल ल्याईएको छ ।

तश्विर पत्रकार अमृत बास्तोला, तेह्रथूमको फेसबुक वालबाट ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ६ : १० बजे