पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फाल्गुनन्द गाँउपालिका ५ भञ्ज्याङका पञ्चबहादुर चेम्जोङको घरमा आईतबार आगलागी हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
भञ्ज्याङका पञ्चबहादुरको काठमा टिनको बेरा भएको भान्छा घरबाट सुरु भएको आगलागीले नजिकै रहेको चेम्जोङको तीन तले घर जलेर खरानी भएको छ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरले दिएको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट घरमा भएको ७ तोला सुन, ३० तोला चाँदी, पाँच लाख नगद, अन्नपात तथा भाडावर्तन, पार्किङ गरी राखेका तीन वटा मोटरसाईकल, एउटा स्कुटर र किराना पसल समेत जलेको छ । पार्किङ गरेर राखिएको वा ७८ प ११३७, वा ५३ प ४०३८ र नम्बर नखुलेको गरी तीन वटा मोटरबाईक जलेका हुन् । त्यस्तै गरी मे ७ प १६८४ नम्बरको स्कुटर समेत जलेको हो ।

फोटाे सामाजिक संजालबाट ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : ३३ बजे